निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद २ जना पक्राउ

Share this
818shares

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन ।

Advertisement

कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुईजनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर, कसलाई पक्राउ गरिएको र ती व्यक्ति को को हुन् भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन ।

प्रहरी उच्च स्रोतका अनुसार यसअघि समेत अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनए जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि प्रहरीले यसबारेको सूचना गोप्य राखेको हो । प्रहरीले उनीहरूलाई राजधानी ल्याउने तयारी गरिरहेको छ ।

Advertisement

केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीसँग सो विषयबारे बुझ्न खोज्दा उनले आफूलाई कुनै जानकारी नआएको बताए । ‘मलाई यसबारे केही जानकारी छैन,’ केन्द्रीय प्रवक्ता सुवेदीले भने ।, याे खबर राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top