×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यू–१९ विश्वकप छनोटःनेपालद्वारा सिंगापुर २ सय १७ रनले पराजित

२९ चैत्र २०७५

१९ वर्षमुनिको विश्वकप छनोटमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउने क्रममा बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन भएको थियो। नेपाली बलहरूको कसिलो बलिङसामू सिंगापुरका खेलाडी टिक्न सकेनन्। सिंगापुरका इसान सोनी २८ र साई बेनुगोपाल १८ रनमा आउट भए भने अन्य खेलाडीले नेपाली बलरसामू दोहोरो अंक पनि बनाउन नपाइ आउट भएका थिए। नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ६५ रनमा अलआउट भएको थियो। नेपालका लागि पवन सर्राफले तीन, कुशल मल्ल, सूर्य तामाङले समान दुई ,दुई विकेट लिएका थिए। एक विकेट रसिद खानको नाममा रह्यो। सिंगापुरका दुई खेलाडी रनआउट भएका थिए।

Advertisement
Advertisement

नेपालले कप्तान रोहितकुमार पौडेलको ९५ रनको मद्दतमा २८२ रन बनाएको थियो। मलेसियाको क्वालालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा सिंगापुरले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले सुरुवात राम्रो गर्न सकेन। नेपालका ओपनर रित गौतम व्यक्तिगत एक रनमा आउट भए। त्यसपछि आरिफ शेख ८ रनमा आउट भए। कमै स्कोरमा २ विकेट गुमाएको नेपालको इनिङलाई पवन सर्राफ र रोहित कुमार पौडेलले उकासेका थिए। नेपालको १०८ रन हुँदा पर्वन् सर्राफ ४७ रन बनाउँदै आउट भए। त्यस्तै चौथो विकेट सन्दीप जोरा शून्यमा आउट भए। पाँचौं विकेट नेपालको १४४ रन हुँदा पतन भयो। पाँचौ विकेटका लागि भीम सार्की २६ रन बनाउँदै पेभिलियन फर्किए । छैटौं विकेटमा कुशल मल्ल १० रन बनाउँदै आउट भए। सातौ विकेटका रासिद खानको गएको थियो। उनले ४८ रन बनाएका थिए। आठौं विकेटका रूपमा पवेलियन फर्किएका कप्तान रोहितकुमार पौडेलले ९५ रन बनाए।

Advertisement

सिंगापुरका प्रमेश सिंघावीले चार विकेट लिए भने रउल शर्मा र विनित मेहताले समान २–२ विकेट लिए। प्रतियोगिताको दोस्रो खेल नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्नेछ ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top