विद्युतीय कारोबार ऐनका दुइ दफा खारेजीको माग गर्दै प्रशासन कार्यालयमा धर्ना

४ बैशाख ७६, बिहीबार

विराटनगर, बैशाख ५
विद्युतीय कारोबार ऐन अन्तर्गतका विभिन्न दुइ दफा खारेजीको माग गर्दै मोरङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् । सो ऐनका दफा ४७ र ४८ लाई पूर्ण खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा जिल्लाका पत्रकारहरुले बिहिबार विहान १ घण्टा धर्ना दिएका हुन् ।

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को आधार बनाए पत्रकारलाई पटकपटक पक्राउ तथा धरपकड गर्ने क्रम बढेको भन्दै पत्रकारहरु आन्दोलित भएका हुन् । पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मोरङको मुल गेटमा विहान ९ः३० बजेदेखि १ घण्टासम्म धर्ना दिएका हुन् ।

विद्युतीय कारोवार ऐनको आधारमा समाचार लेखेकै बिषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने तथा धडपकड गर्ने काम भएको नपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले बताए ।

Advertisement

धर्ना समापन गर्दै महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनासर्त रिहाइको मागलाई लिएर आन्दोलित हुनु परेको बताए ।

Advertisement

उनले सो ऐनका उक्त दफा खारेजीको माग गर्दै केन्द्रको पहिलो चरणको कार्यक्रम अनुसार धर्ना बसिएको र दफा खारेज नहुँदासम्म केन्द्रको निर्णय अनुसार आन्दोलनका कार्यक्रम अघि बढाइने बताए ।

धर्नामा महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेल, महासचिव विवेक गौतम लगायत विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो । महासंघ केन्द्रको आब्हानमा बिहीबार प्रदेश १ का सबै जिल्लाहरुमा पत्रकारहरु प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top