सार्वजनिक जग्गा हडप्नेमा पूर्वमुख्यसचिवदेखि पूर्वप्रधानन्यायाधीशसम्म

काठमाडौं, बैशाख ७
काठमाडौंको सार्वजनिक जग्गा हडप्नेहरूमा पूर्वअधिराजकुमारी शान्तिराज्यलक्ष्मी शाहदेखि पूर्वआइजीपी अच्युतकृष्ण खरेलसम्मको नाम भएको फेला परेको छ । खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको विवरणअनुसारको जग्गा हडप्नेको सूचीमा कुटनीतिज्ञ भेषबहादुर थापा, पूर्वमन्त्री रमेशनाथ पाण्डेसहित ५ हजार जनाको नाम छ ।

‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ को प्रतिवेदनअनुसार सार्वजनिक जग्गा मिच्नेहरूमा पूर्वमुख्यसचिव कुलशेखर शर्मा, पूर्वआईजीपी अच्युतकृष्ण खरेलदेखि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वराजदत कमानसिंह लामाको समेत नाम छ ।

सार्वजनिक जग्गा हडप्नेहरूको सूचीमा पूर्वप्रधानन्यायाधिस केशवप्रसाद उपाध्याय, भैरवप्रसाद अर्याल, सुरेन्द्रप्रसाद सिंह, बद्रीबहादुर कार्की, भैरवप्रसाद लम्सालको समेत नाम छ भने डा. मृगेन्द्रराज पाण्डे, डा. केशवसिंह, डा. बेदप्रसाद उप्रेती, डा. प्रकाशजंग रायामाझी, डा. भरतराज वैद्य, डा. विष्णुप्रसाद शर्मा, डा. केशवसिंहसहितका हस्तीहरूको नाम छ ।

Advertisement

यस्तै, सो प्रतिवेदनअनुसार सार्वजनिक जग्गा हड्पनेहरूमा एन्फाका पूर्वअध्यक्ष गणेश थापा, प्याब्सनका पूर्वअध्यक्ष बाबुराम पोखरेलदेखि कृष्णप्रसाद सिटौला, विद्या पाण्डे, राजन भट्टराईसम्मको नामको नाममा सार्वजनिक जग्गा अतिक्रमण गर्नेको सूचीमा परेको छ ।
यस्तै, व्यापारी मीनबहादुर गुरुङ– भाटभटेनी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले समेत सार्वजनिक गज्जा अतिक्रमण गर्दा पूर्वरापंस भद्रा घलेले पनि किन छाड्थिन् । घलेले त सार्वजनिक आश्रम नै बनाएकी छिन् ।

सबैभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा टीकाप्रसाद पोखरेल ८.२ रोपनी, शशीमाया कक्षपति ६ रोपनी, केशरीकुमारी मल्ल ५.५ रोपनी, सन्तुमाया श्रेष्ठ ५ रोपनी, हरिप्रकाश पुडासैनी ४.६ रोपनी, कान्छा भाइ राजभण्डारीले ४.५ रोपनी, भेषराज लक्ष्मीदेवी सिंह ४.४ रोपनी, कृषन विवरणमा उल्लेख छ ।

Advertisement

सार्वजनिक जग्गा छानबीन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन,२०५२ अनुसार २०२१ सालको नापीलाई आधार मान्दा काठमाडौ नगरक्षेत्रको जम्मा क्षेत्रफल १८९४१–२–३ जग्गामध्ये १८५९–१४–३–३ अर्थात् ९.८१ प्रतिशत अतिक्रमण भएको छ । सबैभन्दा बढी वडा नं ५ हाडीगाउँमा जम्मा जमिनको ३९.०४ प्रतिशत अर्थात् ११६ रोपनी र वडा नं ६ बौद्धमा ३७.९७ प्रतिशत अर्थात् २२२ रोपनी जग्गा अतिक्रमण भएको छ। त्यसै गरी, विष्णुपति, बागमती, धोबिखोला र मनोहरा, नजिकका सरकारी र सार्वजनिक जग्गा बढी मात्रामा अतिक्रमणको शिकार भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top