काठमाडौं : आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन् ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४-०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकम बराबर नोक्सान गराएका हुन् ।निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
