‘द फेस अफ साउथ एसिया’मा नेपालबाट नौ मोडल

१४ बैशाख ७६, शनिबार
Share this
675shares

काठमाडौं, वैशाख १४
भारतको पुणेमा आयोजना हुने मोडलहरुको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता ‘द फेस अफ साउथ एसिया’मा नेपालबाट नौ मोडल सहभागी भएका छन् । अप्रिल २५ बाट २७ अप्रिल (शनिबार)सम्म चल्ने प्रतियोगितामा नेपालबाट नौ मोडलले सहभागिता जनाएका हुन् । ‘द फेस अफ साउथ एसिया’ एसियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्छ ।

Advertisement

प्रतियोगितामा नेपालबाट ‘मोडल हन्ट नेपाल २०१८’ का विजेता आशिष केसी, मोडल हन्टका सहभागी मसिस सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवाल, निर्मला न्यौपाने, रुविष्का श्रेष्ठ, थिन्ले ल्हामो र सुष्मिता थापा सहभागी भएका छन् । कार्यक्रममा नेपालका साथै भारत, श्रीलंकालगायत एसियाका उत्कृष्ट मोडलको प्रतिस्पर्धा रहनेछ । जसमध्ये हरेक देशबाट सहभागीमध्ये एकजनालाई राष्ट्रको नाम जोडेर ‘फेस अफ द कन्ट्री’ घोषणा गर्ने गरिन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top