काठमाडौं, वैशाख १६
बर्दियाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका क्षेत्रीय इञ्चार्ज शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । परियारलाई चन्दा संकलन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
‘विप्लव’ समूहका क्षेत्रिय इञ्चार्ज पक्राउ
१६ बैशाख २०७६
भर्खरको समाचार