दमक,बैशाख १८
मणिकुमार बुढाथोकीको अध्यक्षतामा दमक नगर बाल सञ्जालको पुनर्गठन भएको छ । मंगलबार दमक नगरपालिकामा एक कार्यक्रमका बीच पदाधिकारी चयन गरिएको हो ।
पदाधिकारी चयन गर्दा अध्यक्ष, सचिव, कोषाध्यक्षको लागि लोकतान्त्रिक पद्धतिबाट निर्वाचन गरिएको थियो ।नवगठित बाल सञ्जालको उपाध्यक्षमा नम्रता दाहाल, सचिवमा रामप्रसाद खतिवडा,सह–सचिवमा रुजु दुलाल र कोषाध्यक्षमा गंगाप्रसाद खतिवडा चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यमा निश्चल दाहाल,प्रवेश वास्ताकोटी, राज बुढाथोकी, जेनिशा थापा, आकृति बस्नेत, दीक्षा वि. क., सौजन निरौला, आयुष खनाल, सुशील दाहाल र किरण बुढाथोकी चयन भएका छन् ।
दमक नरपालिकाकी उप–प्रमुख गीत अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अधयक्षता दमक नगर बाल सञ्जाल तदर्थ समितिका संयोजक रामचन्द्र चापागाईले गरेका थिए । कार्यक्रममा सबै वडा बाल सञ्जालका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
