विराटनगर, वैशाख २०
प्रदेश १ को राजधानी र नाम तय गर्न विराटनगरमा बसेको नेकपाको बैठकले प्रदेश १ को राजधानी विराटनगर राख्ने तय गरेको छ । नाम भने अर्को अधिवेशनले टुङ्गो लगाउने सहमति जुटेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
राजधानी वृहत विराट क्षेत्रको विराटनगरमा हुनेछ । राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहने तय गरिएको छ भने राजधानीको संरचनामा कार्यपालिका र व्यवस्थापिका रहनेछ ।
तीन दिन देखि प्रदेश एक संसदमा सहभागी दलका प्रतिनिधि र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नेकपा सांसदसँगको रायका आधारमा अन्तिम निर्णय लिइएको हो ।
नामका बारेमा भने पुनः विस्तृत छलफल गरेर सबैलाई मान्य हुने निर्णय आउने बताइएको छ । नेकपा संसदीय दलको बैठक भने आइतबार १ बजेलाई बोलाइएको छ ।