प्रदेश १ को राजधानी विकेन्द्रित नगर्न महानगरबासीको खबरदारी

विराटनगर, बैशाख २१
प्रदेश नम्बर १ को राजधानी अन्यत्र नसार्न विराटनगर महानगरबासीले माग गरेका छन् । प्रदेश सरकारका संरचना विकेन्द्रीत गर्दै प्रदेशसभामा प्रस्ताव लैजाने तयारी गरिएपछि महानगरवासीले सरकारलाई एकत्रित गरेर राजधानी घोषणा गर्न ध्यानाकर्षण गराएका छन् ।

Advertisement

विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलका सहभागीले कार्यपालिका एकातिर र व्यवस्थापिका अर्कोतिर सार्दा जनतालाई सेवा लिन झन् कठिन हुने बताएका छन् । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले विकास अवधारणका लागि ल्याएको भनिएको वृहत विराट क्षेत्रमा राजधानीका संरचना छर्न लागिएको बताउदै प्रदेशसभा इटहरी, मन्त्रालय विराटनगर र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगर राख्दा जनतलाई झन् धेरै दुःख हुने बताए ।

Advertisement

उनले सरकारले ल्याउन लागेको त्यस प्रकारको प्रस्ताव आफुहरुलाई स्वीकार्य नहुने प्रष्ट पारे । विराटनगर राजधानीको विकल्प नरहेको बताउँदै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले वृहत विराट क्षेत्रबारे सरकारका मन्त्रीले नै विकासको अवधारणामात्र भनेकोले विराटनगरको विकल्प अन्यत्र हुन नसक्ने जिकिर गरे । यस्तै मोरङ ब्यापार संघका अध्यक्ष पवनकुमार सारडाले प्रस्तावमा घुमाउरो शब्दहरु प्रयोग गरेर राजधानी अन्यत्र लाने प्रयास भएको आशंका ब्यक्त गरे।

यस्तै नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले विराटनगर केन्द्रको राजधानीको भार बोक्न समेत सक्षम रहेको बताए । महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश एकको स्थायी राजधानीकालागि विराटनगरको अर्को विकल्प नरहेको बताए । उनले राजधानीकालागि आवश्यक थप जग्गा उपलब्ध गराउन महानगर हरपल तयार रहेको प्रष्ट पारे । कार्यक्रममा विभिन्न राजनितिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि बुद्धिजिवी, नागरिक समाजका पदाधिकारी, सर्वसाधारणको समेत उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top