‘ए मेरो हजुर ३’ चौथो हप्तामा, मनाउला त ५१ औं दिन ?

२३ बैशाख ७६, सोमबार
Share this
762shares

काठमाडौँ, बैशाख २३
गत वर्षको अन्तिम शुक्रबारबाट प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ अहिले चौथो हप्तामा प्रदर्शनरत छ । गत वर्षको दशैंमा रिलिज भएको फिल्म ‘छक्का पञ्जा ३’ पछि खडेरी लागेको नेपाली फिल्मको व्यापारलाई चलायमान बनाएको यस फिल्मले पहिलो र दोस्रो हप्ता बक्सअफिसमा लोभलाग्दो व्यापार र्गयो । फिल्मले पहिलो हप्तामै ४ करोडमाथि व्यापार गरेको थियो । फिल्म विश्लेषकको अनुमान अनुसार अहिलेसम्म फिल्मले ९ करोडको आँकडा छोएको छ ।

Advertisement

यस फिल्मको दुई हप्ता लामो दबदबा हलिउडको ठूलो फिल्म ‘एभेन्जर्स स् इन्ड गेम’ ले तोडेको थियो । तेस्रो सातामा यस हलिउड फिल्मको कारण ‘ए मेरो हजुर ३’ मल्टीप्लेक्समा न्यूज सोजमा खुम्चिएको थियो ।मुलुकको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई तेस्रो साताको शुक्रवार १४ सोजबाट हटाएर तीन सोजमा झारेको थियो । चौथो हप्ताको शुक्रवार फ्रेस नेपाली फिल्म ‘दाल भात तरकारी’ का कारण थप दुई सोज घट्यो ।

तर, दोस्रो साताबाट हलिउड फिल्म ‘एभेन्जर्स’ मा दर्शकको खडेरी लागेको छ । ‘दाल भात तरकारी’ को माउथ पब्लिसिटी पनि कमजोर हुँदा ‘ए मेरो हजुर ३’ लाई फाईदा पुगेको छ । चौथो हप्ताको शुक्रवार क्यूएफएक्समा एक सोजमा खुम्चिएको फिल्मले आइतबारबाट फ्रेस फिल्म बराबरकै सोज हात पारेको छ । आइतवार फिल्मले पाँच सोज र सोमवार ६ सोज पाएको छ । अन्य मल्टीप्लेक्सहरुमा पनि फिल्मलाई अझै राम्रो सोज छ ।

Advertisement

क्यूएफएक्सले ठूलो संख्यामा सोज घटाएर फेरि बढाउनुले ‘ए मेरो हजुर ३’ हेर्ने दर्शक अझै राम्रो रहेको प्रस्ट्याउँछ । निर्माण टिम फिल्मले केही हलमा ५१ औं दिन मनाउनेमा विश्वस्त छ । समीक्षकबाट खासै राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्मलाई दर्शकले भने रुचाएका छन् । झरना थापा निर्देशित फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा केन्द्रिय भूमिकामा छन् । यो फिल्मले अनमोलको फिल्म करिअरको पर्खालमा एउटा इट्टा थपेको छ ।

आजसम्म उनका कुनै फिल्मले बक्सअफिसमा ८ करोडमाथि व्यापार गरेको रेकर्ड छैन । ‘क्याप्टेन’ र ‘कृ’ को कमजोर व्यापारले उनको स्टारडममाथि धेरैले प्रश्न उठाएका थिए तर ‘ए मेरो हजुर ३’ ले उनको स्टारडमलाई फेरि उत्कर्षमा र्पुयाएको छ । झरना पुत्री सुहानालाई पनि यस फिल्मबाट सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । उनले भर्खरै सम्पन्न ‘डि सिने अवार्ड’ मा नव–अभिनेत्रीको अवार्ड समेत उचालिसकेकी छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top