ठूलो संख्यामा विज्ञापन गर्ने तयारीमा लोकसेवा आयोग

२७ बैशाख ७६, शनिबार

काठमाडौं, वैशाख २८
लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो । आयोगले जेठको दोस्रो सातासम्म विभिन्न तहमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाइएको जनाएको छ । आयोगका अनुसार आगामी ६ महिनाभित्रै स्थानीय तहका विभिन्न पदमा हजारौ कर्मचारी सिफारिस नै गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइएको हो ।

लोकसेवाले स्थानीय स्तरका तह ४ देखि ९ सम्मको पदमा विज्ञापन गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तहका लागि श्रेणीगत नभएर तहगत पदमा विज्ञापन गर्ने गृहकार्य थालेको छ । कर्मचारी समायोजन गर्दा स्थानीय र प्रदेश स्तरमा तहगत पदको व्यवस्था गरिएकाले आयोगले सोहीअनुसार स्थानीय तहमा रिक्त रहेका विभिन्न तहमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको हो । आयोगले हालको श्रेणीगत पदको पाठ्यक्रमलाई नै तहगत पदको लागि पनि मिल्ने गरी आवश्यक व्यवस्थापन गर्ने भएको छ ।

लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारबाट स्थानीय तहमा रिक्त पदमा पदपूर्तिको माग भई आएकाले त्यससम्बन्धी गृहकार्य अघि बढाइएको जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार लोकसेवालाई पत्र पठाउँदै ४३७ वटा स्थानीय तहमा ११ हजार ४९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो । मन्त्रालयले अझै केही स्थानीय तहबाट रिक्त पदको विवरण आउने क्रम रहेकाले केही पद थप गरेर पठाउन सकिने जानकारी आयोगलाई दिएको छ ।

Advertisement

सोहीअनुसार अयोगले थप भएका पदलाई समेत समेटेर विज्ञापन गर्ने तयारीमा जुटेको हो । लोकसेवा आयोगले केही अन्यौलता अन्त गर्नुपर्ने बताएको छ । यसअघि श्रेणीगत रूपमा लिइँदै आएको परीक्षा अब तहगत रूपमा लिनुपर्ने भएकाले श्रेणीलाई तहमा लैजाँदा तहअनुसार आवश्यक पर्ने शैक्षिक योग्यताको निर्धारण सरकारले गर्नुपर्ने आयोगले जनाएको छ । यसैगरी श्रेणीलाई तहमा लैजाँदा अपनाउनुपर्ने विधिका बारेमा समेत सरकारले निर्णय गर्नुपर्ने भएको छ ।

यसैगरी स्थानीय तहको कर्मचारी प्रशासनसम्बन्धी कानुन पनि बनिनसकेकाले मन्त्रिपरिषद्ले पनि भर्ना प्रक्रियाका लागि त्यससम्बन्धमा विशेष निर्णय गर्नुपर्ने आयोगको सुझाव छ । पदअनुसार हालकै पाठ्यक्रमबाट व्यवस्थापन गर्ने निर्णय भने आयोग आफैले गर्नेछ । आयोगले कुन तहमा कुन पाठ्यक्रमका आधारमा परीक्षा सञ्चालन गर्ने भन्नेबारेमा आवश्यक छलफल गरी छिटै निष्कर्षमा पुगिने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top