×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा

८ जेष्ठ २०७६
Advertisement

काठमाडौंमा एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सिमाबाट लागू औषर्ध मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरुले पनि सेवन गर्ने गरेको पाइएको जानकारी गराएको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यूरोका एसएसपी बसन्तकुमार लामाले घरबाटै लागू औषध विक्री वितरण गर्ने क्रममा निज श्रेष्ठका दुई वटा छोराहरु पनि लागू औषधको लतमा फसेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिए । गत मंगलबार निज श्रेष्ठलाई प्रहरीले लागू औषध नियन्त्रित मनोद्धिपक लागू औषधहरु डाइजेपाम,बुप्रेनोर्फिन,फेनार्गन जस्ता लागू औषध विक्री वितरण गरी संकलन गरेको १ लाख ४१ हजार रुपैयाँसहित नयाँ बसपार्कबाट पक्राउ गरेका थिए । प्रहरीले श्रेष्ठको कोठाबाट डाइजेपाम ६७० एम्पुल,बुप्रेनोर्फिन ५६१ एम्पुल,फेनार्गन ५६० एम्पुल पनि बरामद गरेको छ । त्यसैगरी प्रहरीले लागू औषध चरेशसहित झापाका संजय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ । एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेशसहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिएका छन् । उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top