×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

बजेटबाट विराटनगरका उद्योगी खुसी

१६ जेष्ठ २०७६

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेट सकारात्मक भएको विराटनगरका उद्योगी व्यापारीहरुले प्रतिक्रिया दिएका छन् । विराटनगरका उद्योगी, व्यापारीहरुले सरकारले ल्याएको बजेट समग्रमा सकारात्मक भएको भन्दै कार्यान्वयन पक्षमा जोड दिए ।

विराटनगरका उद्योगी व्यापारीहरुले उठाउँदै आएको तयारी वस्तु र कच्चापदार्थको आयातमा सरकारले सम्बोधन गरेको प्रतिक्रिया दिए । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले कच्चापदार्थ र तयारी वस्तुको भन्सार दर कम हुँदा स्वदेशी उद्योग धाराशायी हुने अवस्था आएको जनाउँदै यसपटकको बजेटले उद्योगीको माग सम्बोधन गरेको बताए । उनले समग्रमा बजेट लगानीमैत्री र निजी क्षेत्रमैत्री भएको उल्लेख गरे । “सरसर्ती बजेटलाई हेर्दा सकारात्मक नै छ,” घिमिरेले भने, “अब कार्यान्वयन पक्ष कस्तो हुन्छ त्यो हेर्न बाँकी छ ।”

Advertisement
Advertisement

विगतमा पनि राम्रा–राम्रा नीति तथा कार्यक्रम आएर कार्यान्वयन पक्ष कमजोर हुँदा मुलुकको आर्थिक विकास नभएको उनको भनाइ थियो । उनले कृषि, पर्यटन र ऊर्जालाई प्राथमिकतामा राखेर बजेट आएको जनाए । कार्यान्वयन पक्षलाई सुरुदेखि नै कडाइ गर्नुपर्नेमा उनले जोड दिए । उनले ले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण र कृषि लगायतको क्षेत्रमा बजेट आएको भन्दै स्वागतयोग्य भएको उल्लेख गरे । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले कृषि आयातमा एन्टि डम्पिङ कानुन लगाइने सकारात्मक भएको बताए । सुनसरी–मोरङ औद्योगिक क्षेत्र निर्माण गर्ने, विराटनगर विमानस्थललाई स्ततरोन्नति गरी ठूला विमान अवतरण र उडान गर्न सक्ने बताउने, पूर्व–पश्चिम राजमार्गलाई ६ लेन बनाउने, हुलाकी राजमार्ग निर्माण गर्नेलगायत बजेटमा पूर्व क्षेत्रलाई प्राथमिकतामा राखेकोमा उनले खुसी व्यक्त गरे ।

Advertisement

“यो बजेट अक्षरशः कार्यान्वयन भयो भने समृद्ध नेपाल सुखी नेपाली सरकारले लिएको नारा अवश्य पनि पूरा हुनेछ,” उनले भने, “तर विगतको बजेट कार्यान्वयनको अवस्था हेर्दा त्यति उत्साहित भइहाल्ने अवस्था छैन ।” बन्द तथा रुग्ण उद्योगलाई सरकारी–निजी साझेदारीमा सञ्चालन गर्ने बजेटले भनेको छ । हरेक प्रदेशमा कम्तीमा एउटा औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्ने बजेटको अर्को सकारात्मक पक्ष भएको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य संघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले सिमेन्ट, छठ, रंगलगायत निर्माण सामग्रीमा मुलुकलाई आत्मनिर्भर बनाउने बजेटमार्फत योजना आउनु सकारात्मक भएको बताए । राउतले पूर्वाधारमा प्रशस्त बजेट छुट्याइएको बताए । उनले पूर्वाधारको विकास बिना कृषि, पर्यटन र ऊर्जाको विकास नहुने दाबी गरे । सडक पूर्वाधार भए पर्यटन क्षेत्रको अझै विकास हुने उहाँको कथन थियो । उहाँले पनि बजेट कार्यान्वयनमा जोड दिए । उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेल, उपाध्यक्ष राजकुमार गोल्छा, उद्योगी नन्दकिशोर राठीलगायतले सरकारले ल्याएको बजेटले उद्योगीहरुका धेरै माग सम्बोधन भएको प्रतिक्रिया दिएका छन ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top