काठमाडौंमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी हुने

२० जेठ ७६, सोमबार

२० जेष्ठ, २०७६
यही जेठ २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ आयोजना हुने भएको छ ।

Advertisement

नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रर्दशनी जेठ २२ गतेदेखि आयोजना गर्न लागिएको जानकारी गराएको हो । यस अघि महासंघले सो प्रर्दशनी बैशाख २६ गतेदेखि ३० गतेसम्म गर्ने घोषणा गरेको थियो । तर समय अभावमा कारण त्यतिखेर आयोजना गर्न नसकिएको सो प्रर्दशनी आगामी बुधबारबाट सुरु हुने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिनु भयो ।

नेपालको घरेलु तथा साना उद्योगहरुको उत्पादन अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो प्रर्दशनी आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने प्रर्दशनीमा ७७ वटै जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय वटा स्टलहरु रहनेछन । प्रर्दशनीको १ लाख ५० हजारभन्दा बढिले अवलोकन गर्ने तथा ५ करोड बढि आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top