लोक सेवा आयोगको विज्ञापन संविधान बमोजिमनै रहेको मन्त्री गोकुल बास्कोटाको भनाई

३० जेठ ७६, बिहीबार

३० जेष्ठ, २०७६

Advertisement

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका उनले बिहीबार संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संविधान र प्रचलित कानुन अनुसार नै लोक सेवा आयोगले सो विज्ञापन खुलाएको प्रतिक्रिया दिएका हुन् । मन्त्री बास्कोटाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनतालाई सेवा दिनुपर्ने सरकारको अप्ठयारो नबुझि सोसम्बन्धमा निर्देशन दिएको पनि उल्लेख गरे । ‘संसदले सरकारको अप्ठयारो के छ भनेर बुझनु पर्ने होइन र ?’ मन्त्री बास्कोटाले भने, ‘अप्ठयारो पारेपनि सरकारले जनताको सेवा दिनका लागि पनि स्थानीय तहको माग बमोजिम कर्मचारी त दिनुपर्ला नि ।’
मन्त्री बास्कोटाले संसदीय समितिले करारमा कर्मचारी नियुक्ती गर्न दिएको निर्देशन माथि पनि प्रश्न उठ्ने पनि स्पष्ट पार्नु भयो । ‘पोलिटिकल टाईपबाट सालासाली, भदाभदैं नियुक्ती गरियो’ भनेर प्रश्न उठाउने गरेको पनि मन्त्री बास्कोटाले स्मरण गराए ।

Advertisement

मन्त्री बास्कोटाले गुठी सम्बन्धि विधेयकमा देखिएको समस्या सरोकारवाला निकायसँग छलफल गरेर टुंगो लगाउने पनि बताए । सरकार मुलुकको संस्कृतिको संरक्षण गरेर अघि बढन प्रतिवद्ध रहेको मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकमा पनि सरोकारवालाको जायज माग सम्बोधन गर्न सकिने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top