५ असार, काठमाडौं । बीमा क्षेत्रको अन्तराष्ट्रिय पुरस्कारबाट सगरमाथा इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।
थाइल्याण्डको बैङकमा सम्पन्न भएको इर्मजीङ एशिया इन्स्योरेन्स अर्वाड एण्ड कन्क्लेभ २०१९ कार्यक्रममा स्पेशल रिकोक्नेशन अवार्ड फर जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर २०१९ बिधाबाट सगरमाथा पुरस्कृत भएको हो । गत वर्ष सोही संस्थाबाट कम्पनी प्रोडक्ट इनोभसन इन जनरल इन्स्योरेन्स बिधामा पुरस्कृत भएको थियो ।
प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार चालु आ.व. २०७५÷०७६ को असारको पहिलो हप्ताभित्र कम्पनीले पहिलो पटक दुई अर्ब बीमा शूल्क संकलन गर्न सफल भएको छ ।