९ असार, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वामिमानी कांग्रेस खाज्ने बेला आएको भन्दै नेतृत्व प्रति तिब्र असन्तुष्टि जाहेर गरेका छन् ।
सोमबार काठमाडौमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसभित्र वेथिति, सैद्धान्तिक विचलन आएको भन्दै कार्यकर्ता भित्र कांग्रेसी स्वभिमान खोज्नुपर्ने बेला आएको बताएका हुन् । विपीको सिद्धान्त सम्झेर मात्रै नहुने भन्दै उहाँले व्यवहारमा देखाउन नेतृत्वको ध्यानाकर्षण गराए । नेतृत्वको इच्छाशक्ति भए कांग्रेस एकता संभव रहेको उल्लेख गर्दे मुखले भन्दैमा मात्रै एकता नहुने बताए ।
सरकारले आफुलाई कम्युनिष्ट पार्टी र कम्युनिष्ट कार्यकर्ताको सेवक ठान्ने र विप्लब समूहमाथिको मुर्खता पूर्ण कारवाहीका कारण मुलुकको राजनीतिक परिवेश दुर्घटना उन्मुख भएको टिप्पणी गरेका छन् ।
यस्तो अवस्थामा मुलुक र मुलुकबासीको रक्षाका लागि सशक्त प्रतिपक्षीको रुपमा कांंग्रेसले सरकारलाई दबाब दिन सक्नुपर्ने बताए । उनले मुलुकलाई संभावित खतराबाट बचाउन कांग्रेस चनाखो भएर उभिनुपर्ने आवश्यकता पनि औल्याए ।