ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’को माग

१३ असार ७६, शुक्रबार
Share this
737shares

१३ असार, काठमाडौँ।
वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । वरिष्ठ पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका हुन् ।

Advertisement

सुन्दा नमिठो लागेपनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरन गर्न चाहेको देखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था गर्न गम्भिर भईदिन पनि उनको सरकारसँग विशेष अनुरोध छ । वरिष्ठ पत्रकार रिसालले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए । त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिक रुपमै जागरण ल्याउने उनको भनाई छ ।

Advertisement

बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमानै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । उनले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गरे । अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरेकोमा खुसी पनि व्यक्त गरेका छन । विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top