सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री थापा

२३ असार ७६, मंगलबार

२४ असार, काठमाडौँ । 

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उनले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट पारे । उनले भने, ‘कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा ‘मिस फायर’ भई उनको निधन भयो ।’

यस्तै यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका १३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेको बताउँदै उनले यातायात सञ्चालन गर्ने क्रममा प्रहरीसँगको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको स्पष्ट पारे ।

मृतक राय र सिंहको परिवारलाई जनही रु २५/२५ हजार काजकिरियाका लागि प्रदान गरेको तथा बालक रायको परिवारलाई छुट्टै रु पाँच लाख क्षतिपूर्ति प्रदान गरिसकिएको उनको भनाइ थियो । बालक रायको मृत्यु र झडपबारे छानबिन गर्न सरकारले समिति गठन गरेको उल्लेख गर्दै गृहमन्त्रीले भने, ‘छानबिन समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारवाही हुनेछ ।’ गृहमन्त्रीको जवाफमाथि चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिप्रश्न गरेका थिए ।

गृहमन्त्री थापाले सांसदको प्रश्नको जवाफमा सर्लाही घटनाका बारेमा सदनले आवश्यकता महसुस गरेका खण्डमा छानबिन समिति बनाउन सरकारलाई कुनै आपत्ति नभएको बताए । उनले भने, ‘सर्लाहीको घटना दुःखद् हो, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत छ, जनतालाई दमन गर्ने नीति सरकारको छैन ।’

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मुठभेटमा मारिएका भनिएका पौडेलको हात कसरी भाँच्चियो भन्दै उचित जवाफ दिन आग्रह गर्दै बालक रायको मृत्युका विषयमा न्याय माग्न गएका स्थानीयवासीमाथि प्रहरीले किन गोली चलाउनुप¥यो भन्ने प्रश्न गरे । सांसद खाँड र सोही दलका भरतकुमार शाह, उमा रेग्मी, देवेन्द्रराज कँडेल, डिला सङ्ग्रौला, मीनबहादुर विक, गगनकुमार थापा, मीना पाण्डे, दिलेन्द्रप्रसाद बडू र पार्वती डिसी चौधरीले पौडेलको मृत्यु र बालक रायको निधनका बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे ।

राजपाका राजकिशोर यादव र प्रमोद साहले पनि सर्लाही घटनाबारे सरकारले बनीबनाउ उत्तर दिएको भन्दै आपत्ति जनाए । उनीहरुले राज्यले खनेको कुवामा रायको डुबेर मृत्यु भएको बताए ।
यसपछि पनि गृहमन्त्री थापाको जवाफमा चित्त नबुझेको भन्दै काँग्रेस र राजपाका सांसदले आआफ्ना आसनबाट उठेर छानबिन समिति गठनको माग गरेका थिए ।

परामर्शपछि आवश्यक निर्णय लिइने

सभामुख कृष्णबहादुर महराले संसदीय समिति गठनसम्बन्धी मागका विषयमा आवश्यक परामर्श गरेर निर्णय लिइने बताए । उनले भने, ‘आवश्यक परामर्शका लागि समय दिनुहोस्, उचित निर्णय हुन्छ, त्यसका लागि सकारात्मक छौं, समय चाहियो ।’ सभामुख बोलिरहँदा काँग्रेस र राजपाका सांसदले आआफ्नो आसनबाट उठेर रोष्ट्रम अगाडि आई नाराबाजी गरिरहे । नाराबाजीका बीचमा नेकपाका खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दलका सांसदले असंसदीय शब्द प्रयोग गरेको भन्दै ती शब्द हटाउन माग गरे ।

त्यसअघि आजको बैठक शुरु हुनेबित्तिकै काँग्रेसका सचेतक पुष्पा भुसालले संविधान कार्यान्वयन गर्ने बेलामा शान्तिसुरक्षाको अवस्था दयनीय हुँदै गएको भनी चिन्ता व्यक्त गरे । उनले सर्लाहीका पौडेललाई मुडभेटका नाममा गोली प्रहार गरी हत्या गरिएको भनी भत्र्सना गर्दै सो घटनामा मानवाधिकार हनन भएको अरोप लगाए ।

राष्ट्रिय जनता पार्टीका राजकिशोर यादवले लोकसेवा आयोगले संविधानप्रदत्त अधिकार खोसेको आरोप लगाउँदै सरकारले लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरेकामा आपत्ति जनाए ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top