×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

काठमाडौँमा ३ वर्षभित्र मोनोरेल

५ श्रावण २०७६

५ साउन, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याईसक्ने कार्ययोजना तय गरेको छ । काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष भित्र मोनोरेलको उचित व्यवस्था गरी संचालनमा ल्याउने उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार काठमाडांैमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाईसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए ।

त्यसैगरी काठमाडौं महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचिमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न विशेष कार्यको थालनी पनि चालू आर्थिक वर्ष भित्रबाट सुरु गर्ने प्रतिवद्धता पनि जनाएको छ । प्रवक्ता डंगोलले प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तारका लागि आगामी २ वर्ष भित्र प्राविधिक विद्यालय संचालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । यस्तै ज्येष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि संचालनमा ल्याउने महानगरपालिकाको योजना छ ।

Advertisement
Advertisement

महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी त्यसमा बाल मैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको विकास गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटेको छ । त्यसैगरी सहरको मुख्यमुख्य चोकहरुमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तरगत हाईमास बत्ती जडान गर्ने कार्यक्रम पनि चालू आर्थिक वर्ष भित्र संचालनमा ल्याउने गरी तय गरिएको पनि प्रवक्ता डंगोलले बताए । यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउन्ड पार्किङ’ को अवधारणा तय गरि कार्यान्वयनमा ल्याउन थालिएको छ ।

Advertisement

प्रवक्ता डंगोलका अनुसार त्यसका लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको छ । काठमाडौंको प्रदुषण नियन्त्रणका लागि साईकल लेनको व्यवस्था गर्ने, भेहिकल सफाई केन्द्रहरुको स्थापना गर्ने पनि महानगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रदुषण नियन्त्रणका लागि हरियाली प्रर्वद्धनको कामलाई पनि नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइएको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ । यी सबै कामका लागि लागि महानगरपालिकाले १५ अर्व ५० करोड ७० लाख १२ हजार बजेटको पनि व्यवस्था गरेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top