७ साउन, काठमाडौँ ।
लामो समयपछि अभिनेता रमित ढुङ्गानाले फेरी चलचित्रमा पुनरागमन गर्ने भएका छन् । केही समयअघि नेपाली फिल्म जगतमा दर्शकले रुचाएका र हात खाली बस्नु नपरेको अभिनेता ढुङ्गाना बिचल किराँतीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राजा साहेब’ बाट पुन : अभिनयमा फर्किएका हुन् ।
सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सो चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । कार्यक्रममा रमित चलचित्रको प्रचार प्रसारका पुराना दिन सम्झेर भावुक भए । आगामी तिहारमा प्रदर्शनमा ल्याउने तयारी गरिएको सो चलचित्रको सोमबार नै कोटेश्वरको महादेव मन्दिरमा फिल्मको शुभ मुहूर्त पनि गरिएको छ । चलचित्रमा रमित ढुङ्गाना मुख्य भूमिकामा प्रस्तुत हुँदै छन् ।

चलचित्रमा रमितासँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जन लगायतको मुख्य भूमिका रहने छ । साथमा दुई नव नायिका सोनिका केसी र आइशा राईले डेब्यु गर्दै छन् ।
‘किराँती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त ब्यानरमा बन्ने चलचित्रमा शङ्कर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक सुब्बा र भीम कार्की निर्माताको रूपमा रहेका छन् भने चलचित्र पवन गौतमले खिच्नेछन् । चलचित्रको यसै हप्ताबाट छायाङ्कन सुरु हुनेछ ।









