डुबानको स्थायी समाधानका लागि भारतसँग कुटनीतिक पहल गरौँ : देउवा

८ साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता देउवाले सरकारलाई तराईका जिल्लामा बर्षेनी हुने डुबानको दीर्घकालिन समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गरेका हुन् । उनले तटबन्धका कारण बर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने उल्लेख गरे ।

उनले भने “भारत सरकारसंग कुरा गर्नुपर्ने बेला भईसकेको छ । भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने । कति दिन सम्म चल्छ यो ? त्यसकारण कुटनीतिक तहबाट भारत संग कुरा गर्नुपर्ने भएको छ । भारतले डुबान पार्यो भन्छन् त्यहा । भारतले नेपालले सिध्यायो भन्छ । त्यसकारले यसमा कुटनीतिक ढंगले कुरा गर्नुपर्छ ।

कोशी ब्यारेज बन्दै गर्दाको समयमा नेपालको सिमामा साना साना चिया पसल गरी बसेकालाई भारतले सुरक्षाको कारण हटाउन खोजेको भन्दै उनले सो समस्या समाधानका लागि पनि सरकारलाई आवश्यक कुटनीतिक पहल गर्न आग्रह गरे ।उनले सरकारले बाढी र डुबानमा परी घरवार विहिन भएकालाई उचित वासस्थान र तात्कालिन राहतको व्यवस्था गर्न नसकेको आरोप लगाए ।

Advertisement

उनले भने“टहरा बनाएर बसेका छन् खाद्यान्न छैन । सरकारको पहिलो कर्तव्य जो बाढी ,पहिरो र डुबानमा परि घर विहिन भएका छन् उनलाई खाद्यान्न दिने । लत्ता कपडा दिने । पाल दिने , ओत दिने काम केही गरेको छैन । केही रेडक्रसले, केही विदेशी संस्थाहरुले, आई एनजिओहरुले गरेका छन् । तर सरकारबाट कही पनि देखिन मैले । हेलिकोप्टरबाट उद्धार कहाँ हुन्छ ? त्यसकारण सरकार तात्नुपर्ने, लाग्नुपर्ने । कहीँ पनि लागेको छैन ।

सिरहा, सुनसरी , रौतहट लगायत जिल्लाको अनुगमनका क्रममा आफुले कही पनि सरकारको उपस्थिति नदेखेको भन्दै उनले ‘दुख परेको बेला आवश्यक प्रबन्ध मिलाउनुपर्नेमा सरकार नपुगेको’ टिप्पणी गरे । उनले बाढी र डुबान प्रभावितलाई सरकारले आफ्नो कर्तव्य र दायित्व पुरा गर्न नसकेको दाबी गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

सम्बन्धित समाचार

Scroll to Top