नेपालमै गाडी उत्पादन अनिश्चित : कोरियाको मोट्रेक्स कम्पनीले जग्गा पाएन

२३ साउन ७६, बिहीबार

२३ साउन, काठमाडौँ । 

Advertisement

लगानी बोर्डको २०७५ चैत १ गते नै बसेको बैठकले कोरियाको मोट्रेक्स कम्पनीलाई सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानिफ्याक्चरिङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाको लागि १० अर्ब ५४ करोडको लगानी स्वीकृत गरेको छ । बोर्डले लगानी स्वीकृति दिएको ४ महिना बित्दापनि मोट्रेक्स कम्पनीले प्लाण्ट बनाउन जग्गा पाएको छैन । गाडी उत्पादक कम्पनी मोट्रेक्सले प्लान्ट स्थापनाको लागि १ सय बिगाह जग्गा माग गरेको छ ।

लगानी बोर्डले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको क्षेत्राधिकारभन्दा बाहिर रहेको बुटवल धागो कम्पनी(हाल बन्द अवस्थामा रहेकाे) जग्गा उक्त गाडी कम्पनीलाई मिलाइदिन पत्र काटेको थियो । तर, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अधिकार भित्र सो जग्गा पर्दैन । त्यसकारण गाडी कम्पनी मोट्रेक्स अहिलेसम्म जग्गाको लागि लगानी बोर्डमै धाइरहेको छ ।

Advertisement

लगानी बोर्डका प्रवत्ता बलराम रिजालले उक्त कम्पनीलाई जग्गा मिलाइदिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई पत्र काटेको बताए । उनल भने-‘कोरियाको मोट्रेक्स कम्पनीलाई कति कर लगाउने र के के सुविधा दिने भनेर १५ दिनअघि अर्थमन्त्रालय फाइल गएको बताए ।

Advertisement

यता, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले लगानी बोर्डले बुटवल धागो कम्पनीको भवन र जग्गा कोरियाको मोट्रेक्स कम्पनीलाई दिन पत्र लेखेको स्वीकार गरे । तर , त्यो भवन र जग्गामा धागो कम्पनीकै स्वमित्व छ, त्यसमा केही गर्न नसकिने बताए ।

उनले भने-‘हामीले निर्माणाधीन रुपन्देही मोतिपुरको औद्योगिक क्षेत्रको जग्गाका लागि मोतिपुरमा मै गएर छलफल गरेका छौँ, सो क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन(ईआईए) बन मन्त्रालय गएर रोकिएकोले कोरियाको मोट्रेक्स कम्पनीलाई तत्कालै जग्गा दिन सकिन्न ।’ ईआईए स्वीकृत भएपछि ए ब्लकको जग्गा कम्पनीलाई दिने अध्यक्ष बस्नेतले बताए ।

सरकारले विदेशी लगानीलाई आकर्षण गर्न २०७५ मा लगानी सम्मेल समेत गरेर नेपालमा लगानी गर्न अग्रह गरेको थियो । तर, कोरियाको मोट्रेक्स कम्पनीले गाडी निर्माण गर्नका लागि जग्गा माग्दा ४ महिनासम्म सरकारले ठोस निर्णय दिन नसक्दा विदेशी लगानीकर्ता आकर्षित हुन सकिरहेका छैनन् । मोट्रेक्सले लामो समयसम्म जग्गा नपाउनुले नेपालमै गाडी उत्पादक कहिलेबाट शुरु हुन्छ भन्ने पनि अनिश्चित भएको छ ।विकास न्युजबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top