वीपी प्रतिष्ठान धरानलाई छुट्टै विश्वविद्यालय बनाउने तयारी

२२ भदौ ७६, सोमबार

२३ भदौ, धरान ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा देखिएको समस्या भविष्यमा नदेखिने गरी सरकारले समाधान चाहेको उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताएका छन् ।

विपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा विपी प्रतिष्ठानको २६ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले प्रतिष्ठानको समस्या समाधान गर्न सरकारले प्रक्रिया पनि अघि बढाइसकेको बताए ।

प्रतिष्ठानमा जटिल समस्या देखा परेको भन्दै मन्त्री यादवले सबै मिलेर नै समाधान गर्नुपर्ने बताए । प्रतिष्ठानलाई सुधार गर्न राम्रो समझदारी र सहकार्य आवश्यक भएको पनि मन्त्री यादवले बताए ।

सरकारले प्रत्येक वडामा स्वास्थ्य चौकी, गाउँपालिकामा अस्पताल र प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए । मन्त्री यादवले प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालय बनाउने तयारी भएको पनि बताए ।

उनले पछिल्लो सयम देशभरी फैलिएको डेगुं नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउदैं सरकारले त्यसका लागि अभियान चलाएको बताए ।

कार्यक्रममा प्रदेश १ संसदका सभामुख प्रदिपकुमार भण्डारीले प्रतिष्ठानको अवस्थाबारे संघीय सरकारको ध्यानाकर्षण गराउदै समाधानको लागि गम्भीर हुन आग्रह गरेका थिए ।

उनले स्वास्थ्य उपचार सेवा, शिक्षण गुणस्तरीय बनाउनतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल, प्रदेश १ का प्रमुख प्रा डा.गोविन्दबहादुर तुम्बाहाङ लगायतले सम्बोधन गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top