१३ असोज, एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्यु क्यासल युनाइटेडमाथि प्रभावशाली जित दर्ता गरेको छ । घरेलु टोली लेस्टरले १० खेलाडीमा समेटिएको न्यु क्यासलमाथि ५–० को शानदार जित निकालेको हो । ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सीमित भएको न्युक्यासल युनाइटेडलाई लेस्टर सिटीले ५–० ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको घरेलु टोली लेस्टर सिटीले दोस्रो हाफमा चार गोल थपेको हो ।
१६ औँ मिनेटमा रिकार्डो परेइराको गोलबाट लेस्टरले सुरुवाति अग्रता लियो । ४३ औँ मिनेटमा आइजक हेडनले खराब ट्याकलका लागि रातो कार्ड पाए र न्युक्यासल १० खेलाडीमा सीमित भयो।
दोस्रो हाफमा जेमी भर्डीले दुई गोल गरे । उनले ५४ र ६४ औँ मिनेटमा गोल गरेका हुन् । भर्डीका दुई गोलको बिचमा न्युक्यासलका खेलाडीले आत्मघाती गोल गरेका थिए । ५७ औँ मिनेटमा पल डमेटले आत्मघाती गोल गरेका हुन् ।
९० औँ मिनेटमा विल्फ्रेड एनडिडीले गोल गरेपछि लेस्टर ५–० ले विजयी भयो । जितसँगै लेस्टर ७ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । न्यु क्यास्टल ५ अंक जोडेर १९औं स्थानमा छ ।