नेप्से परिसूचक बढ्यो

१६ असोज ७६, शुक्रबार

१६ असोज, काठमाडौँ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१९ विन्दुले बढेर २५१.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता शेयर रु १७ करोड ६६ लाख ३३ हजार ५१४ मूल्यमा खरीद बिक्री भए ।

Advertisement

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज १० उपसमूहको शेयर उकालो लागेको छ भने एक उपसमूहको मात्रै शेयर घटेको छ । वित्त उपसमूहको शेयर ३.२८ विन्दुले घटेको छ । बैंकिङ ६.१५, होटल २२.४६, विकास बैंक १३.०४, जलविद्युत् ७.६८, निर्जीवन बीमा ३९.८, उत्पादन ८३.१५, अन्य १.२९, लघुवित्त १४.२४, जीवन बीमा ४९.५१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो होटलको रु तीन करोड १३ लाख ९९ हजार २०० मा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै सिद्धार्थ बैंकको रु एक करोड ५५ लाख ५९ हजार ७२९, शिवम सिमेन्ट रु ९२ लाख १३ हजार ६४५, प्रभु बैंक रु ७९ लाख ८० हजार ८७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु ४७ लाख १८ हजार ६०७ र एभरेष्ट बैंक लिमिटेडको रु ४६ लाख २० हजार ६९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

Advertisement

स्टकका अनुसार युनिलिभर नेपालका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंक ४, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ३.९६, कालिका पावर कम्पनी ३.९५, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७० र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६९ प्रतिशतले कमाए ।

त्यस्तै, युनाइटेड फाइनान्स ९.३१, अरुण भ्याली हाइड्रोपावर ४.०८, नेपाल हाइड्रो ४, बैंक अफ काठमाडौँ ३.७८, मिथिला लघुवित्त वित्तीय संस्था ३.७३ र रिडी हाइड्रोपावरका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए ।रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top