सन्दीपको टिम बार्बाडोसले जित्यो सीपीएलको उपाधि

२५ असोज ७६, आइतबार

एजेन्सी, असोज २६
नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध बार्बाडोस ट्रिडेन्टले क्यारेवियन प्रिमियर लिग (सीपीएल)को उपाधि जितेको छ । आइतबार ट्रिनिडाडस्थित ब्रायन लारा रंगशालामा भएको उपाधि भिडन्तमा बार्बाडोसले गुएना अमेजन वारियर्सलाई २७ रनले हरायो ।

बार्बाडोसले दिएको १७१ रनको लक्ष्य पछ्याएको गुएनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्र जोड्न सक्यो । उसका ओपनर ब्रेन्डोन किंगले सर्वाधिक ४३ रन र निकोलास पुरनले २४ रन जोडे । गुएनालाई सस्तैमा समेट्ने क्रममा रेमोन रिफरले ४ विकेट लिए । त्यस्तै ह्यारी गुर्ने र एस्ले नर्सले पनि २–२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि सातौं नम्बरमा ब्याटिङमा आएका जोनाथन कार्टरले २७ बलमा ५० रनको विष्फोटक अर्धशतकीय पारी खेलेका थिए । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।

Advertisement

यस्तै, ओपन जिम्मी चाल्र्सले पनि २२ बलमा ३९ रन जोडे । एलेक्स हेल्सले २८, सकिव उल हसनले १५ तथा एस्नले नर्सले अविजित १९ रन बनाए । कार्टर म्यान अफ द फाइनल चुनिए । यस फाईनल खेलमा सन्दीप भने सामेल थिएनन् । उनी राष्ट्रिय टिमको सिंगापुर र ओमान टूरमा आएका थिए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top