लाभांश घोषणा र साधारणसभा आह्वानमा नयाँ बैंकहरु अगाडि, ठूला र पुराना बैंकहरु पछि पर्दै

२६ असोज ७६, सोमबार

२७ असोज, काठमाडौँ । 

कुमारी बैंकले आर्थिक वर्ष २०७४/७५ को साधारणसभा आर्थिक वर्ष सकिएको करिब १० महिनापछि गर्यो । आर्थिक वर्ष २०७३/७४ को साधारणसभा समेत समयमा गर्न नसकेको बैंकले दुईओटै साधारणसभा एकैपटक गरेको थियो । त्यसो त कुमारी बैंकको साधारणसभाको यसअघिको इतिहास पनि त्यति उत्साहजनक थिएन, आर्थिक वर्ष २०७२/७३ को साधारणसभा बैंकले चैतमा मात्रै गरेको थियो । तर यो वर्ष कुमारीले कमाल नै गर्यो, आर्थिक वर्ष सकिएको १ महिना २० दिनमै लेखापरीक्षण सम्पन्न गरेर राष्ट्र बैंकबाट स्वीकृत गराएर लाभांश घोषणा गर्दै एजीएम समेत बोलाउन सफल भयो ।

अघिल्लो वर्ष पुस मसान्तमा मात्रै साधारणसभा गर्न सफल भएको सिटिजन्स बैंक तथा पुस ४ गते साधारणसभा गरेको एनआईसी एशिया बैंक यो वर्ष सबैभन्दा छिटो साधारणसभा बोलाउने बैंक बन्न सफल भए । सिटिजन्स र एनआईसी एशिया बैंकले असोज १० र कुमारी बैंकले चैत ११ गते साधारणसभा बोलाएका हुन् । त्यसो त सिटिजन्स बैंक र एनआईशी एशिया बैंक त्योभन्दा अघिल्ला वर्षहरुमा छिटो साधारणसभा बोलाउने बैंकको रुपमा चिनिन्थे, कुमारी बैंकले भने आफ्नो नराम्रो विगतलाई सच्याउँदै यो वर्ष छिटो साधारणसभा गर्नेमध्ये तेस्रो वाणिज्य बैंक बन्न सफल भएको हो ।

यो वर्ष उल्लेखित ३ ओटा बैंकले दशैंअघि नै साधारणसभा सम्पन्न गर्दा माछापुच्छ्रे बैंकले दशैं लगत्तै साधारणसभा सम्पन्न गरेको छ भने सानिमा बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक र सनराइज बैंक गरी थप ४ ओटा कम्पनीले साधारणसभा बोलाएका छन् । त्यसबाहेक ग्लोबल आईएमई, जनता, मेगा, प्रभु र एसबीआईले भने राष्ट्र बैंकबाट लेखापरीक्षण प्रतिवेदन स्वीकृत गराएर लाभांश घोषणा गरेका छन् ।

नाफा र शेयरको बजार मूल्यमा उत्कृष्ठ मानिएका नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक जस्ता बैंकहरु भने अझैपनि लाभांश घोषणा गर्न सकिरहेका छैनन् । त्यस्तै सरकारी लगानी भएको नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंकले पनि अहिलेसम्म लाभांश घोषणा गर्न सकेका छैनन् । यी बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक भने अहिलेसम्म बजारमा सूचिकृत छैन । वाणिज्य बैंकहरुलाई अघिल्लो वर्ष लेखाप्रणाली परिवर्तन गर्नुपर्ने बाध्यताका कारणले गर्दा ढिलोगरी साधारणसभा बालाउनुपर्ने अवस्था भए पनि यो वर्ष भने त्यस्तो समस्या छैन ।

कम्पनी ऐनले दोस्रो बजारमा सूचिकृत पब्लिक कम्पनीहरुलाई आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधारणसभा गरेर कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी अद्यावधि गर्ने समयसीमा दिएको छ । सो समयभित्र विवरण नबुझाए कार्यालयले जरिवाना लिन्छ । त्यसका लागि बैंकहरुसँग अझै ३ महिनाको आरामदायी समय बाँकी छ । यद्यपि छिटो साधारणसभा गरेर लाभांश वितरण गर्न सके लगानीकर्ताहरु भने त्यस्तो कम्पनीमा लगानी गर्न बढी उत्साहित हुन्छन् ।

वाणिज्य बैंकहरुबीच तुलना गर्ने हो भने लाभांश घोषणा गर्ने र पुराना र स्थापित बैंकहरुभन्दा नयाँ बैंकहरुले अगाडि देखिएका छन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top