प्रधानमन्त्रीमा आलोपालोको सहमति छैनः ईश्वर पोखरेल

८ कात्तिक ७६, शुक्रबार
Share this
736shares

८ कार्तिक्, काठमाडौं । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको दावी गरेका छन् ।

Advertisement

सत्तारुढ नेकपा सचिवालयका सदस्य समेत रहेका कार्यबहाक प्रधानमन्त्री पोखरेलले आवश्यक्ता अनुसार पार्टीका जोकोही नेताहरुको पनि जिम्मेवारी हेरफेर हुन सक्ने उल्लेख गर्दै ओली र दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भने नभएको बताए ।

‘आलापालो प्रधानमन्त्री बन्ने भनेर कहिँ पनि सहमति भएको छैन,’ शुक्रबार बिहान विराटनगरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कार्यबहाक प्रधानमन्त्री पोखरेलले भने, ‘जे आलोपालो भन्दै हुनुहुन्छ, त्यो आलोपालो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टीलाई संस्थागत रुपमा, विधिवत रुपमा जानकारी छैन ।’

Advertisement

कार्यबहाक प्रधानमन्त्री पोखरेलले दुई अध्यक्षबीच कुनै विवाद नभएको पनि पटकपटक दोहो¥याए । जीवित पार्टीमा कतिपय विषयमा बहस हुने भएपनि संचार माध्याममा आएजस्तो दुई अध्यक्षबीच विवाद नभएको कार्यबहाक प्रधानमन्त्री पोखरेलको दावी छ ।

उनले दुई अध्यक्षबीच दैनिकजसो भेट हुने, कुराकानी हुने गरेको उल्लेख गर्दै विवादका कुरा कसरी संचार माध्याम आए ? भनेर आफूहरु अचम्मित हुने गरेको पनि बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top