×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

कोशीटप्पु बन्यजन्तु आरक्ष प्रति विशेष ध्यान दिन सरोकारवालाहरुको जोड

१४ फाल्गुन २०७४

सुनसरी, फागुन १४
विश्व रामसार सूचीमा पहिलो पटक सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र तथा देशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र कोशीटप्पु बन्यजन्तु आरक्ष प्रति विशेष ध्यान दिन सरोकारवालाहरुले जोड दिएका छन ।

विश्वकै दुर्लभ बबुल प्रजातिको अर्नाका लागि संरक्षित काशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्र अर्नाका लागिमात्र नभएर विश्वकै दुर्लभ प्रजातिका चरा तथा सरिसृप एवम पुतलीको समेत स्वर्गभूमि मानिन्छ ।

Advertisement
Advertisement

तर यति महत्वपूर्ण जीवजन्तुको संरक्षणस्थलप्रति राज्यको विशेष ध्यान जान नसकेको विषयमा पनि बक्ताहरुले चिन्ता ब्यक्त गरेका छन । राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले कोशीटप्पु बन्यजन्तु आरक्षमा आयोजना गरेको बन्यजन्तु आरक्षण एवम समुदायको समृद्धि विषयक गोष्ठीका बक्ताहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन ।

कार्यकममा प्रतिनिधिसभा सांसद सूर्यनारायण यादवले कोशीटप्पु बन्यजन्तु आरक्ष नेपालको पूर्वी क्षेत्रमा रहेको महत्वपूर्ण पर्यटकीयस्थल हुँदाहुँदै पनि नेपालले अपेक्षाकृत उपलब्धी हाँसिल गर्न नसकेको बताए ।

Advertisement
Advertisement

यस्तै प्रदेश नम्वर १ का उद्योग पर्यटन तथा बातावरणमन्त्री जगदिशप्रसाद कुसियतले तीन जिल्लासँग जोडिएको महत्वपूर्ण प्राकृतिक सम्पदाबाट सरकारले अहिलेसम्म उचित उपलब्धि हासिल गर्न नसकेको बताए । उनले जे जस्तो अवस्था रहे पनि अव प्रदेश सरकारले कोशीटप्पुको उचित संरक्षण एवम विकासमा चासो राख्ने प्रतिबद्धता जनाए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top