एमसीसीसंगको खेलमा नेपाल यू-१९ टोली पराजित

१७ कार्तिक, काठमाडौं । नेपाल भ्रमण अन्तर्गत पहिलो खेलमा इंग्याण्डको टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको छ ।

जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको यू-१९ टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रनमात्र जोड्न सक्यो । नेपालका लागि विकेटकीपर हरि बहादुर चौहानले सर्वा्धिक ५२ रन जोडे । ३९ औं ओभरको अर्ध शतक पुरा गरेका हरि ४० औं ओभरमा क्याच आउट हुन पुगेका थिए । कप्तान रित गौतम ४५ रनमा आउट भए । रित १९ ओभरको अन्तिम बलमा ठूलो सटको धुनमा डिप स्क्वायर लेगमा क्याच आउट हुन पुगेका थिए ।

Advertisement

चौथो ओभरको तेस्रो बलमा स्क्वायर लेगमा क्याच आउट हुनु अघि ओपनर लोकेश बमले ४ चौका सहित १८ रनमा पेभिलिएन फर्के । खडक बहादुर बोहरालाई १२ ओभरको अन्तिम बलमा एड योङले २६ रनमा बोल्ड आउट गरे । विशाल विक्रम केसी १३ रनमा सर्ट मिड विकेट क्याच आउट भएका थिए । ३८ ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने क्रममा अरुण ऐरी ३० रनमा क्याच आउट हुन पुगे ।

कुशल मल्ल १२ र प्रतिस जि.सी.५ रनमा आउट भए । आकाश चन्द र शेर मल्लले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै नेपाललाई विजयी स्कोरतर्फ अग्रसर गराएका थिए । आकाश ३० रन जोड्दै विकेटकिपरको हातबाट समातिए । शेर २८ रनमा नटआउट रहँदा सागर ढकालले १ रन जोडे । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले तीन ब्याट्सम्यानको अर्धशतकको मदतले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो ।

Advertisement

एमसीसीका ओपनर विल रोड्सले सर्वा्धिक ९३ रनको योगदान दिए । स्पिनर शेर मल्लले २१ औं ओभरमा क्याच आउट गराएपछि रोड्स शतक बनाउन चुकेका थिए । इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीले ६५ रन जोडे । कुशल मल्लको ३९ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा सागरबाट क्याच आउट हुन पुगे । माइल्स ह्यामन्डलाई ४७ ओभरको तेस्रो बलमा आकश चन्दले माइल्सलाई ६५ रनमा एलबी डल्लू आउट गरे ।

ओपनर बिली गोडलम्यान र विल रोड्सले १७ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै एमसीसीलाई उत्कृष्ट सुरुवात दिलाए । सागरले बिलीलाई १७ औं ओभरको अन्तिम बलमा २२ रनमा एलबी आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । शेरले कप्तान जिमी एडम्सलाई २३ ओभरको दोस्रो बलमा शून्यमा एलबी डब्लू आउट गराए ।

३७ औं ओभरको चौथो बलमा सागरले विल भान्डरसपारलाई अरुण ऐरीबाट २४ रनमा क्याच आउट गराए । एड योङ ४५ रनमा अविजित रहे । एडले अन्तिम ओभरमा हरि बहादुर चौहानलाई ३ छक्का प्रहार गरेका थिए । नेपालका स्पिनर सागर ढकाल र शेर मल्लले समान २ विकेट लिए । त्यस्तै कुशल मल्ल र आकश चन्दको नाममा समान १ विकेट रह्यो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top