गुडिरहेको स्कुटरमा आगलागी हुँदा १ जनाको मृत्यु, १ जना घाईते

गुडिरहेको स्कुटरमा आगलागी हुँदा १ जनाको मृत्यु, १ जना घाईते

२७ कात्तिक, झापा ।
झापाको कन्काई नगरपालिका–३ सुरुङगामा स्कुटरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन् ।

मंगलवार राती सवा १० बजेको समयमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे ४ प २१३० नम्बरको स्कुटर आफँै अनियन्त्रीत भई रोडको साईडमा रहेको डिभाईडरमा ठोक्किदा अचानक स्कुटरमा आगलागी भएको थियो ।

आगलागी हुँदा स्कुटर चालक शिवसताक्षी नगरपालिका–१ का १९ बर्षीय पवन मण्डल र पछाडी सवार सोही स्थानका २५ बर्षीय निरज शर्मा घाईते भई उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा शर्माको बाटोमा नै मृत्यु भएको हो ।

अर्का घाईते मण्डलको सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.