अफताब आलमलाई एकाबिहानै काठमाडौं ल्याइयो

अफताब आलमलाई एकाबिहानै काठमाडौं ल्याइयो

३० कात्तिक, काठमाडौं ।
रौतहट जिल्ला अदालतले जेल चलान गर्ने आदेश दिएलगत्तै मोहम्मद आफताब आलमलाई शनिबार बिहानै काठमाडौं ल्याइएको छ ।

१२ वर्षअघि बम विस्फोट एवं ईंटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका आलमलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उनलाई ललितपुरस्थित नख्खु कारागारमा राखिएको छ । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर राति एक बजेतिर नख्खु कारागारमा ल्याइर्पुयाइएको हो । आलमलाई रौतहटबाट राति नै काठमाडौं पठाइएको रौतहटका प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.