दाङमा बेवारिसे अत्याधुनिक हतियार फेला

२९ कात्तिक ७६, शनिबार

३० कात्तिक, दाङ ।
दाङ प्रहरीले बेवारिसे अवस्थामा रहेको हतियार तथा गोली गठ्ठा फेला पारेको छ ।

उक्त अत्याधुनिक हतियार नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुले दाङबाट कपिलवस्तु स्थानान्तरण गर्ने क्रममा छाडेर भागेको प्रहरीले उल्लेख गरेको छ।

प्रहरीले निरन्तर निगरानीमा राखेको र छापा हान्न प्रहरी पुगेको सूचना पाउना साथ विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको प्रहरीले दाबी गरेको छ ।

प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले शिवराज नगरपालिका वडा नम्बर १ कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ गान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोद बिक्रम शाहले जानकारी दिए ।

सुटकेश भित्र पात पतिङ्गरले छोपेको अवस्थामा एसएमजी राइफल भेटिएको प्रहरीले जनाएको छ । कुन प्रयोजनका लागि कहाँ लग्न थालिएको हो भन्ने बारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

दाङमा प्रहरीले यस अघि राजपुर–४ मगरैनाबाट केही दिन अघि विप्लवका केन्द्रीय नेतासहित २१ जनालाई पक्राउ गरेको थियो । केन्द्रीय नेता पक्राउ परेको केही समयपछि प्रहरीले ठूलो मात्रामा हतियार फेला पारेको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top