शिक्षामन्त्रीले गराए सीमा अतिक्रमणबारे भारतीय मन्त्रीको ध्यानाकर्षण

३० कात्तिक ७६, शनिबार
Share this
747shares

३० कात्तिक, काठमाडौं ।
फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा अतिक्रमण कूटनीतिक संवादबाट चाँडो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

Advertisement

महासभामा नेपाली प्रमण्डलको नेतृत्व गरिरहेका मन्त्री पोखरेल र भारतीय मानव संसाधन विकासमन्त्री रमेश पोख्रियाल ‘निशाङ्क’ बीच भएको भेटवार्तामा दुवै देशको शिक्षा नीति, योग तथा आयुर्वेद शिक्षा र विद्यार्थीका समस्याबारे अनुभव आदानप्रदान हुनाका साथै छिमेकी भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपाली भूमि लिपुलेकलाई समावेश गरेको विषयमा समेत छलफल भएको हो ।

शिक्षामन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानका अनुसार मन्त्री पोखरेलले सीमा विवाद समाधान गरेर दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउन आग्रह गरेका थिए । मन्त्री पोखरेलले भेटका क्रममा गुणस्तरीय शिक्षालाई उचाइमा पुर्याउन दुई देशले आपसी सम्बन्ध थप सुदृढ तुल्याउनुपर्नेमा पनि जोड दिएका थिए ।

Advertisement

सो अवसरमा भारतीय मन्त्रीले मन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो दिएका थिए । भेटमा शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलगायत सहभागी थिए । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top