×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

फलामखानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयबासी खुशी

३० कार्तिक २०७६

३० कात्तिक, तनहुँ ।

सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा भएका फलामखानीको सम्भाव्यता अध्ययन गर्ने घोषणाबमोजिम तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ढोरफिर्दीमा रहेको फलाम खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् ।

Advertisement
Advertisement

खानी तथा भू–गर्भ विभागबाट आएको चार जनाको टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन् । सोही फलामखानीको फलामबाट सयौँ वर्ष अगाडि भीमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको पुल निर्माण गरिएको थियो । हाल उक्त पुल जीर्ण अवस्थामा छ ।

भूगर्भविद् ठाकुरप्रसाद कँडेलले भक्कल सामुदायिक वन क्षेत्रमा फलाम रहेको जानकारी पाएपछि सर्वेक्षण गरिएको जानकारी दिनुभयो । कँडेलका अनुसार विभागको टोली एक हप्तादेखि यस क्षेत्रमा खटिएको छ ।

“वन क्षेत्रको जमीनमुनि करेन्ट पठाएर कति गहिराइसम्म फलाम छ भनेर अध्ययन गरिरहेका छौँ”, कँडेलले भने । उनका अनुसार भू–भौतिक सर्वेक्षण अप्रत्यक्ष विधि भएको र यो विधिबाट जमीनमुनि करेन्ट पठाइन्छ ।

जमीनको सतहमुनि कति गहिराइसम्म फलाम छ स्क्यान भएर डाटा देखिने उनले बताए । सम्भाव्यता अध्ययनको प्रतिवेदन ३५ दिनभित्र विभागमा बुझाउने तयारी गरिएको छ । यसअघि पनि फलामखानीको अन्वेषण र सम्भाव्यता अध्ययन गर्न दुई पटकसम्म भू–र्गभविद्सहित विभागको टोली यस क्षेत्रमा आएको थियो ।

पहिलोपटक आएको टोलीले खानी भएको क्षेत्रको नक्साङ्कन गरेको र दोस्रोपटक आएको टोलीले खानीमा भेटिएका धातुको नमूना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा लगेको थियो ।

उक्त नमूना परीक्षण हुन बाँकी रहेको बताइएको छ । यस क्षेत्रको करीब ४२ वर्गकिलोमिटर क्षेत्रफलमा फलाम र तामाखानी फैलिएको छ । साँखेतर्फ क्याङ्दीखोलादेखि भक्कल वरपरका क्षेत्रमा फलामखानी र मिनामखानीको क्षेत्रमा तामाखानी भएको अनुमान छ ।

सरकारले गत वर्ष प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तनहुँ, पर्वत र नवलपुरको फलामखानी उत्खनन गरी सञ्चालनमा ल्याउने बताएको थियो ।

फलामखानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी हर्षित भएका शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए । उनका अनुसार वर्षौँदेखि ओझेलमा परेको खानीको उत्खननपछि यस क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ ।

Advertisement

यसै क्षेत्रबाट निर्वाचित सांसद केदार सिग्देलले खानीको अन्वेषण र उत्खननमा सरकारले चासो देखाएको जानकारी दिनुहुँदै छिटोभन्दा छिटो अध्ययन सकेर खानी सञ्चालन गर्न दबाब दिइने बताए।रासस

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top