पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न अध्यक्षहरूको कार्यविभाजन गरिएको होःप्रचण्ड

१० मंसिर ७६, मंगलबार
Share this
834shares

१० मंसिर, हेटौंडा ।
पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न अध्यक्षहरूको कार्यविभाजन गरिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

Advertisement

सोमबार हेटौंडास्थित प्रदेश नम्बर ३ मुख्यमन्त्री निवासमा प्रचण्डले भने,‘पार्टीमा अलि बढी ध्यान र जोड मैले दिने, सरकारमा अर्को अध्यक्षले दिने भन्ने निर्णय गरिएको हो।’ सचिवालय बैठकले हालै गरेको निर्णयबारे उनले यस्तो अभिब्यक्ति दिएका हुन् ।

प्रचण्डले सचिवालय बैठक गर्नुअघिसम्म मान्छेहरूलाई के हो के हो सरकार भन्नेजस्तो लाग्ने गरेकोले ढुक्क भएर सरकार र पार्टीका काम गर्न सचिवालय बैठकले निर्णय गर्नुपरेको बताए। उनले अहिलेको सरकार पाँच वर्ष चल्ने पनि स्मरण गराए ।

Advertisement

‘ढुक्कसँग सरकार र पार्टी पनि राम्रोसँग चलाऔं भनेरै निर्णय गरेका हौं,’ उनले भने, ‘म अलि बढी नै पार्टीका काममा लागिपरेको छु। देशभरि दौडिराखेको छु।’

देशभर पार्टी कार्यकर्ता, जनता भेट्दा उत्साह पाएको प्रचण्डले बताए। सरकार र नेकपाप्रति आस्था, विश्वास र भरोसा रहेको पनि उनको भनाइ छ। प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नयाँ सन्देश गएको पनि बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top