१३ औं सागको मार्चपासमा नेपालको झण्डा कमलले बोक्ने

१४ मंसिर, काठमाडौं ।
आईतबारदेखि नेपालमा सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् ।

दशरथ रंगशालामा हुने उद्घाटनमा मार्च पासमा राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले झण्डा बोक्नमा क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गर्दै विकल्पमा कमलको नाम राखेको थियो । तर कार्यकरी समितिले भने कमललाई झण्डा बोक्ने जिम्मेवारी दिने निर्णय गरेको हो । खेलाडीमा सपथ लिनेमा आयशा को नाम सिफारिस भएकोमा उनले नै उक्त जिम्मेवारी पाएकी छिन् ।

आयशाले एसियाली खेलकुदमा कास्य पदक र सागको स्वर्ण पदक जितेकी छिन् । अन्य विकल्पमा फुटबलका विक्रम लामा, करातेका विनोद शाक्य, तेक्वान्दोकी आयशा शाक्य र उसुकी निमा घर्तीमगरको पनि नाम चर्चामा रहेको थियो ।

Advertisement

१३ औं सागमा भाग लिने खेलाडी मध्ये आयशा सफल खेलाडीमा पर्दछिन् । १५ औं एसियाडमा कास्य पद क जितेकी आशयाले सागमा स्वर्ण र २ रजत पदक जितेकी छिन् । यसपटक उनी तेक्वान्दोको पुम्सेमा प्रतिस्पर्धा गर्दैछिन् ।

त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिने भएका छन् । सन् २०१६ को रियो ओलम्पिकमा ब्याडमिन्टनमा लाइन जज बसिकेका थापा ब्याडमिन्टन एसियाका सिनियर अम्पायर हुन् ।

Advertisement

सागको दीप प्रज्वलनका लागि भने सागमा चार पटक स्वर्ण पदक जितेका नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टको नाम सिफारिस गरिएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top