×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026
Playing
ट्रेड युनियनका गतिविधि गर्ने नोटिसमा, कर्मचारी अदालत जाने तयारीमा || Nepal Times
May 06, 2026
Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026

सयौँको संख्यामा भेटिन्छन् काठमाडौंका सडक पेटीमा बोरा भित्र रात काट्ने

१४ मंसिर २०७६

१४ मंसिर, काठमाडौं ।

करिब रातको १० बजेको समय । काठमाडौँको सडक चकमन्न बन्दै गए पनि शुक्रबारको रात अघिपछिभन्दा सवारीको चाप बढी नै थियो । साना सवारी र मोटरसाइकल कालीमाटी हुँदै कलङ्की, बल्खु र त्रिपुरेश्वर हुइकिँदै थिए ।

Advertisement
Advertisement

काठमाडौँमा जाडो शुरु भइसकेको छ । बिहान–बेलुका न्याना कपडा नलगाई हिँड्न गाह्रै हुन्छ । त्यो पनि रातको १० बजे चिसो सिरेटो नचल्ने कुरै भएन । कालीमाटीबाट बल्खु जाने सडको दायाँबायाँका सटरहरु बन्द थिए ।

सटरमुनिको सडकपेटीमा सामान हालेर राखिएझैँ बोराको लस्कर प्रहरीको ज्याकेट टल्किए जसरी टाढैसम्म टल्कियो । बोरासँग दर्जनौँ कुकुर गुडुल्किएर सुतिरहेका थिए । नजीक पुग्दा बोराका बीचबीचमा केही मान्छे मजेत्रो ओढेर सुतिरहेका देख्यौँ ।

बत्तीको उज्यालो र मानिसको चहलपहल बढेपछि बोराबाट मुन्टो निस्कियो । तब थाहा भयो, बोरामा त मान्छे रहेछन् । फेरि त्यही बोराबाट अर्को पनि मुन्टो निस्कियो । तातो हुने भएर होला एउटै बोरामा दुईजना पसेका ।

चिसो सडकपेटीमा सामान्य थोत्रा कपडा लगाएका उनीहरुको आश्रयस्थल, ओढ्ने ओच्छ्याउने सबै त्यही बोरा रहेछ । अघि देखिएका सबै बोरामा यसैगरी मानिसभित्र पसेर सुतिरहेको रहस्य केही क्षणमै खुल्यो । कोही कार्टुन त कोही पातलो मजेत्रोको सहारा जिएर जाडो छल्दै निद्रा पर्खंदै थिए । कोही एक्लै बरबराउँदै थिए । सडकपेटीको चिसो भुल्न धेरै मदिरामा लट्ठ थिए ।

उनीहरुकै भनाइमा दिनभर कुनै न कुनै काम गर्ने रात परेपछि मदिरा खाएर सडकमा सुत्ने वर्षैँदेखिको दैनिकी हो । गन्ती गर्दा यसरी लस्करै सुतेका ४३ जना भेटिए । उदयपुरका किरण र हिमाल मगर एउटै बोराभित्र थिए । ।

नजीकै सिसा पसलमा काम गर्ने हिमालले यसरी सुत्नुको कारण खोले । उनले भने  , “कसैले बस्ने कोठा दिँदैन, कोठा पाउन बूढी चाहिन्छ रे, सिसावालाले पनि बस्न दिँदैन, यहाँ नआए कहाँ जाने त रु” यति भनेपछि उनले मुन्टो बोराभित्र छिराए ।

उनका अनुसार यसरी सडकपेटीमा सुतेको वर्षौं भयो । हिमालसँगै एउटै बोरामा सुत्ने किरण कालीमाटी तरकारी मण्डीमा मजदुरी गर्दैछन् । झण्डै १८ महिनादेखि किरणको दैनिकी पनि यसरी बितिरहेको छ ।

काठमाडौँ महानगरपालिका र मानवसेवा आश्रमका प्रतिनिधिमार्फत सडकमा यसरी बस्न नपाइने जानकारी पाएपछि किरणले सोधे, “के हामीलाई अब लान्छ ?, हामी काम गरेर खाने मान्छेलाई यसरी उठाएर लान कहाँ पाइन्छ, यो कसैको सडक होइन, हामी सुत्न पाउँछौँ ।”

आफ्नो कुरा सकेर किरणले पनि मुन्टो बोराभित्र छिराए । जब यहाँका सटर लाग्छन् तब मजदुर, मगन्तेको चहलपहल बढ्ने गरेको डिउटीमा रहेका ट्राफिक एक प्रहरीले जानकारी दिए । काठमाडौँको सोह्रखुट्टेमा पनि यस्तै दृश्य थियो । इलाम पशुपतिनगरका राजु तामाङ चोकको सडकपेटीमा एक महिलासँग लुट्पुटिएर सुतेका थिए ।

हालसालै विदेशीले दिएको सुकिलो त्रिपालको ओत लागेर प्रतीक्षालयको कुनामा च्यातिएको मैलो मजेत्रो ओढेर सुतेका उनको निद्रा हामी पुग्ने वित्तिकै भङ्ग भयो । श्रीमती भनिएकी महिला भने गुट्मुटिएर भित्रै लुकिन् ।

उनको काम कवाडी र कार्टुन टिप्ने तथा बेच्ने हो । सुतेकी महिला आफ्नै श्रीमती बताउने तामाङले यो आसपासमा १५\२० जना यसरी नै सुत्ने गरेका बताए । “आज हामी जानकारी गराउन आएको, अब भोलिदेखि यसरी सडकमा सुत्न हुँदैन, भोलिदेखि नबस्नुस् हैन”, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीको भनाइमा उनले मुन्टो हल्लाउँदै सहमति जनाए ।

यस्तै दृृश्य शुक्रबार राति शोभा भगवतीको मन्दिरमा समेत देखिन्थ्यो । मदिरामा मस्त भएका व्यक्ति मन्दिर परिसरमा पनि लस्करै थिए । अत्यधिक मदिरा खाएकाहरु सिँढीमा त्यसै लडिरहेका थिए । नयाँ बसपार्क गोङ्गबु क्षेत्रमा माग्दै हिँड्ने भारतीय नागरिक बसपार्क छेउमा सानासाना टेन्ट लगाएर बसेका छन् । शुरुशुरुमा नेपाली नै भएको बताउने उनीहरुले पछि भारतीय भएको स्वीकारे ।

भारत रुपौडियाका मणिराम पत्थरकटले भने , “हामी केहीले बाटा बेच्ने गरे पनि महिला र बच्चा सडकमा माग्छन्, उनीहरुलाई लैजानुस्, हामीलाई केही नगर्नुस्, हामी बाटा बेचेर कमाउँछौँ ।”

बसपार्कमा झण्डै ५० जनाले यसैगरी माग्ने पेशा अङ्गालेका छन् । महिला र बच्चाले खुट्टै समाएर माग्दा यात्रु तथा पर्यटकले दिक्क मान्ने गरेका छन् । यसअघि उनीहरु नजीकै रहेको शिवमन्दिर क्षेत्रमा थिए । त्यहाँबाट हटाएपछि बसपार्कलाई आश्रयस्थल बनाए ।

बिहान बसपार्कमा आएका यात्रुसँग खुट्टा समाएर झुण्डिने गरेका नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदीले बताए । दुई हप्ताअघि उनीहरुलाई प्रहरीले भारत पठाएको भए पनि पुनः फर्केर आएका उनले जानकारी दिए।

नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ३६ मा प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक छ । धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने र धारा ४३ मा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई कानूनबमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ ।

चालू आवको बजेट वक्तव्यमा ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायलाई राज्यबाट संरक्षणको अनुभूति हुने गरी सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने उल्लेख छ ।

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने र भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

कानून व्यवहारमा कार्यान्वयन हुन नसकिरहेका बेला मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरपालिकाले यहाँका मगन्तेलाई व्यवस्थापन गर्दै बेसहारालाई आश्रय दिएर पालनपोषण गरी परिवार पत्ता लगाएर पुनः मिलन गराउने अभियान थालेको छ ।

यही मङ्सिर २९ गते घोषणा गरी भोक मेट्नकै लागि सडकमा आउनु नपर्ने अवस्था सिर्जना गर्न लागिएको महानगरपालिकाका प्रमखु विद्यासुन्दर शाक्यले बताउनुभयो । त्यही घोषणाको पूर्वसन्ध्यामा आश्रम र महानगरले सडकमा असहाय, बेसहारा, मगन्ते, मदिरा खाएर बस्नेको अवस्थाको अध्ययन थालेको छ ।

Advertisement
Advertisement

केही दिनबाट उनीहरुको व्यवस्थापनको अभियानको थालनी हुने बताउँदै उक्त घोषणा अभियानको उपसमितिकी संयोजक गुजेश्वरी श्रेष्ठले कार्यक्रम सञ्चालनका लागि आन्तरिक तयारी करिब ९० प्रतिशत सकिएको बताए। नारायण ढुङ्गाना/रासस

भर्खरको समाचार

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

सम्बन्धित खबरहरु

Scroll to Top