१४ मंसिर, कञ्चनपुर ।
शनिबार सम्पन्न उपनिर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका छन् ।
तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो ।