१४ मंसिर, काठमाडौँ ।
निर्देशक दिवाकर भट्टराईले चलचित्र ‘तिमीसँगै हुने मन छ’ निर्माण गर्नेभएका छन् । उनी आफैँले निर्देशन गर्ने फिल्ममा अभिनेत्री दीपिका प्रसाईँ र अभिनेता पल शाह भित्रिएका छन् ।
फिल्ममा पहिलो पटक दीपिका र पलको अभिनय देखिन पाइने भएको छ । म्युजिक भिडियोमा भने दीपिका र पलले एकसाथ अभिनय गरिसकेका छन् ।फिल्म ‘तिमीसँगै हुने मन छ’ मा पलसँगै म्युजिक भिडियोका चर्चित मोडल निराजन प्रधान पनि भित्रिएका छन् ।
‘म यस्तो गीत गाउँछु २’ को छायाङ्कन सकिने वित्तिकै पल ‘तिमीसँगै हुने मन छ’ मा अनुबन्धित भएका हुन् । पल अभिनेत ‘हृदय भरी’ प्रदर्शनको पखाईमा रहेको छ ।
भट्टराईले ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता फिल्ममा निर्देशन गरिसकेका छन् ।