राज्यस्तरबाट कलाकारहरुको सम्मान भएनः उपराष्ट्रपति

३ पुस ७६, शुक्रबार

३ पुस, काठमाडौँ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारहरु राष्ट्रका धरोहर भएपनि राज्यबाट प्रर्याप्त लगानी हुन नसकेको बताएका छन् । नातिकाजी स्मृति समाजले उपराष्ट्रपति कार्यालयमा गरेको स्रष्टा सम्मान कार्यक्रममा उनले कलाकारहरुको सम्मानमा राज्यस्तरबाट कमि भएको बताएका हुन् ।

उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । संगीतका अनेक परिभाषा भएपनि यो मानवजाती र प्राणिजातीका लागि समेत अभिन्न अंग बनेको उनले बताए । हरेक मान्छेको दुःख—सुख, पीडा र हर्षमा समेत संगीत गुञ्जिरहने भन्दै उपराष्ट्रपति पुनले संगीतबीनाको जीवन कल्पना गर्न नसकिने बताए ।

समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा. समर बहादुर मल्ललाई सम्मानित गरिएको छ । मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । त्यसैगरी नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट ८ जना सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा जगतमर्दन थापा, कर्म योञ्जन, मोहनकृष्ण ढली र सिके रसाईलि रहेका छन् ।

त्यसैगरि भारती उपाध्याय, तिर्थ कुमारी थापा, शम्भु र्राइ र मिलन मोक्तान नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट सम्मानित भएका छन । त्यस्तै नातिकाजी राष्ट्रिय संगीत पुरस्कार ४ जनालाई प्रदान गरीएको छ । ११ हजार १११ राशीको यो पुरस्कार प्रमोद ढुंगाना, यम बराल, रेखा शाह र सुरेश अधिकारीलाई प्रदान गरिएको हो । नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कारबट मनराजा नकर्मी, भुपेन्द्र खड्का, टिका प्रसाई र प्रल्हाद तिमिल्सिनालाई प्रदान गरिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top