झापा गोल्डकपको उपाधीका लागि झापा ११ त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै

२६ फागुन ७४, आइतबार

झापा, फागुन २७
तेस्रो झापा गोल्डकपको उपाधीका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ । झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र पहिलो संस्करणको उपाधी विजेता त्रिभुवन आर्मी क्लब दुवैले यसबर्षको उपाधि चुम्ने दावी गरेका छन् ।

आइतबार पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले खेलाडीको कडा मेहेनत र दर्शकको समर्थन खेल जित्ने आधार भएको बताएका छन् । उनले आर्मी सशक्त टीम भएपनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले उसलाई हराएर उपाधि हात पार्न सकिने बताए ।

झापा ११ का टीम क्याप्टेन योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पुरा गर्ने दावी गरे ।

आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीको टीममा झापाको भन्दा धेरै जना राष्ट्रिय टीममा सहभागि खेलाडी रहेका छन् । झापाको टीम सशक्त रहेको भएपनि यो सिजनको सातौं उपाधि कब्जा गर्ने दावी समेत थापाले गरेका छन् ।

आर्मीका क्याप्टेन भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताए । उनले यो बर्ष अतिरिक्त समय थपिनुपर्ने बताए ।

झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने आर्मीले विभागीय टीम नेपाल पुलीस र मनाङ मस्र्याङदी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधी विजेताले नगद १२ लाख ५१ हजारसहित ट्रफी र उपविजेताले नगद ६ लाखसहित ट्रफी प्राप्त गर्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top