सलमानले सुदीपलाई दिए डेढ करोडको कार उपहार

२४ पुस ७६, बिहीबार
Share this
719shares

एजेन्सी, पुस २२
बलिउड अभिनेता सलमान खानले भिलेन ‘दबंग ३’ का भिलेन तथा साउथ सुपरस्टार किच्चा सुदिपलाई कार उपहार दिएका छन् । सलमान आफँलेै भर्खरै रिलिज चलचित्र ‘दबंग ३’का भिलेन किच्चालाई उनको घरमा पुगेर कार उपहार दिएका हुन् ।

Advertisement

भारतीय मिडियाका अनुसार सलमानले उनलाई ‘बीएमडब्लु एम ५’ उपहार दिएका हुन् । सलमान र किच्चा अभिनीत ‘दबंग ३’ ले बक्स अफिसमा १५० करोड भन्दा बढीको कलेक्सन गरिसकेको छ ।

सलमानले घरमै आएर उपहार दिएपछि किच्चाले लेखेका छन्–‘तपाइसँग जहिले पनि राम्रो नै हुन्छ, जब तपाई राम्रो काम गर्नुहुन्छ । सलमान खानले मलाई यो लाइनमा भरोसा गर्न सिकाएका छन् । उनी मेरो घरमा प्यारो उपहारसहित आएका थिए ।’

Advertisement

आफू र आफ्नो परिवारलाई यति धेरै माया दिएको भन्दै किच्चाले सलमानलाई धन्यवाद समेत दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top