चीनमा रहस्यमय ‘कोरोना’ भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो

६ माघ, एजेन्सी । चीनमा देखिएको एक प्रकारको नँया भाइरसबाट संक्रमित हुने मानिसको संख्या बढ्दै गइरहेको छ ।

Advertisement

चिनियाँ आधिकारिक विवरण अनुसार पछिल्लो समयमा ४५ जना सो भाइरसबाट संक्रमित भएको प्रयोगशाला प्रशिक्षणबाट पुष्टि भएको थियो । चिनियाँ अधिकारिका अनुसार यो रहस्यमय भाइरसले बिरामी हुनेको संख्या अहिले २०० पुगेको छ ।

चीनका धेरै सहरमा फैलिएको यो भाइरस अब चीनको वुहान सहरमा पनि देखिएको छ । चीनको वुहान र बेजिङ सहरमा यो भाइरस देखिएको हो । संक्रमणका कारण तीन जनाले ज्यान गुमाएका छन् । यस विषयमा धेरै अनुसन्धान भइरहेका छन् । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार यो नयाँ ‘कोरोना’ भाइरस डिसेम्बरदेखि सुरु भएको हो ।

Advertisement

‘कोरोना’ भाइरस एक जटिल किसिमको भाइरस हो । जब यसको प्रभाव कम हुन्छ, यसले चिसो र चिसोको लक्षणहरु देखाउँछ । तर ‘सार्स’ एक गम्भीर प्रकृतिको कोरोन भाइरस हो । सन् २००२ मा ८ हजार ९८ यसबाट संक्रमित भएका थिए भने ७७४ को मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top