सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन जारी

सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन जारी

९ माघ, काठमाडौँ ।
अहिले देशका सातवटै प्रदेशमा राष्ट्रियसभाका लागि मतदान भइरहेको छ ।  निर्वाचन आयोगका प्रवक्ता सह–सचिव राजकुमार श्रेष्ठका अनुसार हालसम्म मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

निर्वाचन आयोगले प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकास्थित महेन्द्र नारायण स्मृति भवन, बागमती प्रदेशको ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन, गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ को घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशकोे जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिमका लागि दिपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा राष्ट्रियसभा सदस्यका लागि शान्तिपुर्ण निर्वाचन भइरहेको जनाएको छ ।

बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्मच चल्ने निर्वाचन आयोगले जानकारी दिएको छ । यही फागुन २१ बाट रिक्त हुन लागेका राष्ट्रियसभाका १८ सिटका लागि अहिले देशका सातवटै प्रदेशमा मतदान भइरहेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.