कटहरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कटहरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

८ फागुन, विराटनगर ।
मोरङको कटहरी गाउँपालिका–१ को भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बिहीबार बिहान राती साँढे १ बजे को २ त ६७३६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरले किचेर चालक ग्रामथान गाउँपालिका–५ का २४ बर्षीय युवराज भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनापछि शव परिक्षणको लागी कोशी अस्पताल बिराटनगर पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.