स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

१९ चैत, काठमाडौँ । स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

Advertisement

विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिएका हुन् । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्‍यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिएका हुन्।

Advertisement

पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन् । सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान र्यापिड टेस्टिङ किट अहिले गोदाममा थन्‍िकएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top