बेलायतले थाल्यो कोरोनाविरुद्धको सम्भावित खोपको मानवीय परीक्षण

१२ बैशाख, एजेन्सी । बेलायतले कोरोना भाइरस विरुद्धको सम्भावित खोपको मानिसमा परीक्षण थालेको छ ।

परीक्षणका लागि दुईजनालाई खोपको मात्रा प्रदान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । खोपको परीक्षण गर्नका लागि ८ सयभन्दा बढी मानिसले आफ्नो नाम लेखाएको बताइएको छ ।

त्यसमध्ये आधालाई कोरोना भाइरस विरुद्धको खोप र बाँकी आधालाई मेनेन्जाइटिसविरुद्धको खोप दिइनेछ, जसले कोरोना भाइरसकालाई नियन्त्रण गर्ने ठानिएको छ । खोप लगाइने व्यक्तिले भने आफूलाई कुन खोप दिइदैछ भन्ने थाहा हुने छैन, चिकित्सकलाई मात्रै यसबारे जानकारी हुनेछ ।

Advertisement

कोरोना भाइरसविरुद्धको खोप लगाउने दुईजना मध्येकी एक एलिसा ग्रानाटोले आफू पनि वैज्ञानिक भएकाले वैज्ञानिक कार्यलाई सहयोग गर्न खोप लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्राध्यापक सारा गिल्बर्ट नेतृत्वको टोलीले तीन महिना भित्रै तयार पारेको खोपको मानवीय परीक्षणमा गएको हो ।

Advertisement

उनले व्यक्तिगत रुपमा आफूलाई खोपमा निकै नै आशा रहेको भन्दै त्यसका लागि परीक्षण गरी मानवबाट तथ्यांक लिएर खोपले वास्तवमै काम गर्छ भनेर देखाउनु पर्ने बताइन् ।

अक्सफोर्ड विश्वविद्यालयले यसअघि पनि अर्को प्रकारको कोरोना भाइरस मर्स्विरुद्धको खोप पनि बनाएको थियो । अमेरिका, चीन तथा जर्मनी, फ्रान्ससहितका देशले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयास गरेका छन् । कम्तिमा तीन खोप मानवीय परीक्षणको तहमा पुगेको बताइएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top